चितवन २ : एमालेको अग्रता, रवि झण्डै १ हजार मतले पछि
पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने झण्डै १ हजार मतले पछि परेका छन्। उनी ३ सय २३ मत ल्याउँदै तेस्रो स्थानमा छन्।
काठमाडौं, मंसिर ४ : चासोका साथ हेरिएको निर्वाचन क्षेत्र चितवन २ मा एमालेले अग्रता कायम राखेको छ। यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेलले १२ सय ३७ मतसहित अग्रता कायम गरेका छन्।
उनलाई कांग्रेसका उमेश श्रेष्ठले ८ सय ४३ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै, पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने झण्डै १ हजार मतले पछि परेका छन्। उनी ३ सय २३ मत ल्याउँदै तेस्रो स्थानमा छन्।
प्रकाशित मिति: १९:५२ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











