Kathmandu Press

मुस्ताङमा कांग्रेसको 'क्लिन स्वीप'

प्रतिनिधि सभातर्फ रोमी गौचनका पुत्र योगेश गौचन विजयी भएका छन् भने प्रदेशतर्फको (१) र (२) मा क्रमशः नम्डु गुरुङ र विकल शेरचन विजयी भए।
मुस्ताङमा कांग्रेसको 'क्लिन स्वीप'

काठमाडौं, मंसिर ५ : मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाको दुबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार साँझसम्म सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार कांग्रेसले मुस्ताङमा क्लिन स्वीप गरेको हो । 

जिल्लाको प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए। 

Hardik ivf

योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् । गौचन कांग्रेसका जिल्ला सभापति रोमी गौचनका छोरा हुन्। उनी कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार पनि हुन् । 

प्रदेशसभा (१) मा नम्डु गुरुङ र प्रदेशसभा (२) मा विकल शेरचन विजयी भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् भने शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । 

गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् ।

प्रकाशित मिति: १८:४० बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्