Kathmandu Press

प्रारिम्भक मतपरिणाम : कांग्रेसलाई पछ्याउँदै एमाले, तेस्रो स्थानमा स्वतन्त्र पार्टी

प्रारिम्भक मतपरिणाम : कांग्रेसलाई पछ्याउँदै एमाले, तेस्रो स्थानमा स्वतन्त्र पार्टी

काठमाडौं, मंसिर ५ : आइतबार सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ।

सोमबार साँझ सवा ६ बजेसम्म प्रतिनिधिसभातर्फ ७१ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ।

मुस्ताङबाट एक सिट जितिसकेको कांग्रेसले ३० स्थानमा अग्रता कायम गरेको छ।दोस्रो स्थानमा रहेको एमाले १७ स्थानमा अगाडि देखिएको छ। 

त्यसैगरी हालसाले स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता तेस्रो स्थानमा रहेको छ। उसले आठ स्थानमा अग्रता लिइरहेको छ।

त्यसैगरी चौथो स्थानमा रहेर अग्रता कायम गरिरहेको राप्रपा चार क्षेत्र अगाडि देखिएको छ। 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अग्रता तीनतीन स्थानमा छ। 

त्यस्तै हाल जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले दुई र सिके राउत नेतृत्वको जनमत पार्टीले एक स्थानमा अग्रता लिइरहेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) एक, लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टी एक स्थानमा अगाडि छन्।

जनता समाजवादी पार्टी (जसपा) ले भने कतै पनि अग्रता लिन सकेको छैन। 

प्रकाशित मिति: १८:२० बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्