रुपन्देही–२ मा विष्णु पौडेललाई पछि पार्दै घन्टीको अग्रता
प्रतिनिधिसभा तर्फ जारी मतगणनामा ३०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले १२६ मत ल्याएका छन्। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल ८३ मत सहित दोस्रो स्थानमा छन् ।काठमाडौं, मंसिर ५ : रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिनिधिसभा तर्फ जारी मतगणनामा ३०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले १२६ मत ल्याएर अग्रता लिएका छन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल ८३ मत सहित दोस्रो स्थानमा छन् ।
यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले ७८ मत पाएका छन् । थापालाई सत्ता गठबन्धनले समर्थन गरेको छ । गठबन्धनका उम्मेदवार राजु गुरुङको मनोनयन खारेज भएपछि गठबन्धनले थापालाई समर्थन गरेको थियो ।
गुरुङको उम्मेदवारी खारेज भएपछि एमालेका पौडेल सहज अवस्थामा रहेको आकलन गरिएपनि प्रारम्भिक मतपरिणामले उनलाई स्वतन्त्र पार्टीका उम्मेदवारले टक्कर दिने देखिएको छ ।
प्रकाशित मिति: १७:१२ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९