रुपन्देही–१ मा ३०० मत गन्दा घनश्याम भुसाल तेस्रो स्थानमा
पहिलो र दोस्रो स्थानमा जनमत पार्टीका उम्मेदवार नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार छन् ।काठमाडौं, मंसिर ५ : रुपन्देही–१ मा ३०० मत गणना गर्दा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल तेस्रो स्थानमा देखिएका छन् ।
त्यहाँ सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार कैलाश गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । त्यहाँ नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी दोस्रो स्थानमा देखिएका छन् ।
गुरुङले ८७ मत पाउँदा चौधरीले ७४ मत पाएका छन् । त्यस्तै घनश्याम चौधरीले ४६ मत ल्याउँदा एमालेका छविलाल विश्वकर्माले ४४ मत ल्याएका छन् ।
नेकपा एमालेले उम्मेदवार नबनाएपछि भुुसालले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्ता गठबन्धनले पनि समर्थन गरेको थियो ।
प्रकाशित मिति: १६:४७ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९