Kathmandu Press

मोरङ ५ मा एमालेका विद्रोही उम्मेदवारले लिए अग्रता

एमालेले टिकट नदिएपछि विद्रोह गरेर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए।
मोरङ ५ मा एमालेका विद्रोही उम्मेदवारले लिए अग्रता

मोरङ, मंसिर ५ : मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले सुरुआती अग्रता लिएका छन्। मोरङ ५ को मतगणना धनपालथानमा भइरहेको छ।

एमालेले टिकट नदिएपछि विद्रोह गरेर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले ५०० मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीका शिवकुमार मण्डलले २०० मत प्राप्त गरेका छन्।

उनका निकटम प्रतिस्पर्धी जसपाका राजकुमार यादवले १०० मत पाएका छन्। त्यहाँ जसपाले एमालेसँग तालमेल गरेको छ।

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्