काठमाडौं–१ मा प्रकाशमानलाई रवीन्द्र मिश्रले उछिने
अपराह्न ४ बजेसम्मको मतगणनाको परिणामअनुसार मिश्रले २ हजार ४१७ मत पाउँदा कांग्रेसका प्रकाशमान सिंहले २ हजार ३०२ मत ल्याएका छन् ।काठमाडौं, मंसिर ५ : काठमाडौं निर्वाचन क्षेत्रनम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्र अगाडि आएका छन् । प्रारम्भिक चरणमा तेस्रो स्थानमा रहेका मिश्र अग्रस्थानमा आएका हुन् ।
अपराह्न ४ बजेसम्मको मतगणनाको परिणामअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्र झिनो मतान्तरसहित अग्रस्थानमा आएका हुन् । उनले २ हजार ४१७ मत पाउँदा कांग्रेसका प्रकाशमान सिंहले २ हजार ३०२ मत ल्याएका छन् ।
त्यस्तै एमालेका किरण पौडेलको १४४० मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १३६५ मत प्राप्त गरेका छन् । नेपाल सुशासन पार्टीका रमेश खरेलले १ सय ३५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: १६:३७ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९