Kathmandu Press

तनहुँ २ मा कांग्रेसको अग्रता 

तनहुँ २ मा कांग्रेसको अग्रता 

तनहुँ, मंसिर ५ : तनहुँ २ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ। प्रारिम्भक मतगणनामा काङ्ग्रेसका शंकर भण्डारीले अग्रता लिएका हुन्। 

हालसम्म एक हजार ६३७ मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाएका छन्। 

नेकपा एमालेका किरण गुरुङले चार सय २६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत प्राप्त गरेका छन्।

यो क्षेत्रमा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको छ।  जम्मा १० जना प्रतिनिधि सभाका उम्मेदवार छन्।

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्