वडाध्यक्षमा हारेका गुरुङ प्रदेशसभा सदस्यमा निर्वाचित
नेपाली कांग्रेसले प्रदेशसभामा पनि जितको खाता खोलेको छ ।काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसले प्रदेशसभामा पनि जितको खाता खोलेको छ ।
मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांगेसका नम्डु गुरुङ निर्वाचित भएका हुन् । गुरुङले एमालेका इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका छन् ।
केहीबेरअघि सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याए । खसेको मतमध्ये १४ मत बदर भएको थियो।
पराजित भएका विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् भने गुरुङ स्थानीय तह निर्वाचनमा लोमान्थाङ–४ को वडाध्यक्षमा पराजित भएका थिए । स्थानीय निर्वाचनमा एमालेका छिरिङ धिण्डु गुरुङसँग पराजित भएका उनले ९९ मत पाएका थिए ।
मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । अहिले मुस्ताङ प्रदेशसभा ९२० को मतगणना चलिरहेको छ ।
प्रकाशित मिति: १६:२२ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९