प्रधानमन्त्री देउवाकाे गृह जिल्ला डडेल्धुरामा सुरू भयाे मतगणना
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो।
डडेल्धुरा, मंसिर ५ : प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणना सुरु भएको छ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ। जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो।
जिल्लामा कुल मतदाता ९१ हजार २ सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। डडेल्धुरामा एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र छन्।
प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवासहित आठजना चुनावी मैदानमा छन्।
प्रकाशित मिति: १६:१५ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











