Kathmandu Press

चितवन–२ मा एमालेको अग्रता, रवी लामिछाने तेस्रो स्थानमा 

प्रारम्भिक परिणामअनुसार एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले १२६ मत पाउँदा स्वतन्त्र पार्टीका रवी लामिछानेले ३२ मत पाएका छन् । 
चितवन–२ मा एमालेको अग्रता, रवी लामिछाने तेस्रो स्थानमा 

काठमाडौं, मंसिर ५ :  प्रतिनिधि सभा तर्फ चितवन क्षेत्रनम्बर २ को मतगणना सुरु भएको छ । केहीबेरअघि सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ । 

प्रारम्भिक परिणामअनुसार एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ रहेका छन् । 

श्रेष्ठले १२६ मत पाउँदा लामिछानेले ३२ मत पाएका छन् । 

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्