चितवन–२ मा एमालेको अग्रता, रवी लामिछाने तेस्रो स्थानमा
प्रारम्भिक परिणामअनुसार एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले १२६ मत पाउँदा स्वतन्त्र पार्टीका रवी लामिछानेले ३२ मत पाएका छन् ।
काठमाडौं, मंसिर ५ : प्रतिनिधि सभा तर्फ चितवन क्षेत्रनम्बर २ को मतगणना सुरु भएको छ । केहीबेरअघि सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ ।
प्रारम्भिक परिणामअनुसार एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले १२६ मत पाउँदा लामिछानेले ३२ मत पाएका छन् ।
प्रकाशित मिति: १५:४६ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











