Kathmandu Press

चुनावकाे प्रारम्भिक नतिजा : कांग्रेस अग्रस्थानमा, एमाले पछिपछि

मनाङबाट विजयको खाता खोलेको कांग्रेस १२ स्थानमा अगाडि रहेको छ। केहीबेरअगाडिसम्म अग्रस्थानमा रहेको एमाले अहिले दोस्रो स्थानमा झरेको छ। विजयको खाता खोल्न बाँकी रहेको एमाले १२ स्थानमा अगाडि देखिएको छ।
चुनावकाे प्रारम्भिक नतिजा : कांग्रेस अग्रस्थानमा, एमाले पछिपछि

काठमाडाैं, मंसिर ५ : आइतबार सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ।

सोमबार दिउँसो साढे ३ बजेसम्म प्रतिनिधिसभातर्फ ४१ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ।

Hardik ivf

मुस्ताङबाट विजयको खाता खोलेको कांग्रेस १२ स्थानमा अगाडि रहेको छ। केहीबेरअगाडिसम्म अग्रस्थानमा रहेको एमाले अहिले दोस्रो स्थानमा झरेको छ। विजयको खाता खोल्न बाँकी रहेको एमाले १२ स्थानमा अगाडि देखिएको छ। 

त्यसैगरी हालसाले स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता तेस्रो स्थानमा रहेको छ। उसले पाँच स्थानमा अग्रता लिइरहेको छ। त्यसैगरी चौथो स्थानमा रहेर अग्रता कायम गरिरहेको राप्रपाले तीन क्षेत्र अगाडि देखिएको छ। 

त्यस्तै सिके राउन नेतृत्वको जनमत पार्टी र हाल जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले दुईदुर्ए स्थानमा अग्रता लिइरहेका छन्।

नेकपा माओवादी केन्द्रको एक स्थानमा मात्रै अग्रता रहँदा राष्ट्रिय दलहरू जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले भने कतै पनि अग्रता लिन सकेका छैनन्। तथापि यीबाहेक तीन क्षेत्रमा अन्य उम्मेदवारले अग्रता लिएका छन्।      
 

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्