काठमाडौं–१ : तेस्रो स्थानमा झरे रवीन्द्र, प्रकाशमानको अग्रता कायमै
मतगणनाको पछिल्लो परिणामअनुसार सिंहले १ हजार ११८ मत, एमालेका पौडेलले १ हजार १९ मत र राप्रपाका मिश्रले ८ सय ९६ मत पाएका छन् ।
काठमाडौं, मंसिर ५ : काठमाडौं निर्वाचन क्षेत्रनम्बर १ मा नेपाली कांग्रेसका उम्मदवार प्रकाशमान सिंहको अग्रता कायमै रहेको छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार सिंहले १ हजार ११८ मतसहित अग्रता कायम राख्दा राप्रपा उम्मेदवार रवीन्द्र मिश्र तेस्रो स्थानमा झरेका छन् । उनलाई नेकपा एमालेका किरण पौडेलले उछिनेका छन् ।
पौडेलले १ हजार १९ मत पाउँदा मिश्रले ८ सय ९६ मत पाएका छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ७०२ मत, सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले तीन सय ५७ मत ल्याएका छन्।
प्रकाशित मिति: १४:४६ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











