काठमाडौं २ को मतगणना सुरु
राजनीतिक दलका प्रतिनिधिबीच आपसी सहमति जुटाएर केहीबेरअघिदेखि मतगणना सुरु भएको सहायक मतदान अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।काठमाडौं, मंसिर ५ : काठमाडौं क्षेत्र नं २ को मतगणना सुरु भएको छ।
राजनीतिक दलका प्रतिनिधिबीच आपसी सहमति जुटाएर केहीबेरअघिदेखि मतगणना सुरु भएको सहायक मतदान अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।
मतगणना कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा भइरहेको छ। सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेकामा ५२ हजार नौ सय ५५ मत खसेको थियो।
सो निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट ओनसरी घर्ती, नेकपा एमालेबाट मणिराम फुयाँल, राप्रपाबाट कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमलगायत उम्मेदवार छन्।
प्रकाशित मिति: १४:३७ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९