भक्तपुर–२ मा दुर्लभ थापा अघिअघि, महेश बस्नेत पछ्याउँदै
१० हजार ४३६ मतगणना गर्दा कांग्रेस उम्मेदवार थापा ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् ।
काठमाडौं, मंसिर ५ : भक्तपुर–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता कायम राखेका छन् ।
सोमबार दिउँसोसम्म १० हजार ४३६ मतगणना गर्दा कांग्रेस उम्मेदवार थापा ४ हजार ११९ मतसहित अग्रस्थानमा देखिएका छन् । उनलाई एमालेका निवर्तमान सांसद महेश बस्नेतले पछ्याइरहेका छन् । बस्नेतले ३ हजार ६८४ मत पाएका छन् ।
यस्तै नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर ८६९ सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसी ४५० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: १४:१३ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











