काठमाडौं १० मा कांग्रेसका राजेन्द्रले लिए प्रारम्भिक अग्रता
काठमाडौं १० काे मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी छ। प्रारम्भिक मतगणनाअनुसार केसीले १०८० मत प्राप्त गरेका छन्।
काठमाडौं, मंसिर ५ : काठमाडौं १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले प्रारम्भिक अग्रता लिएका छन्।
काठमाडौं १० काे मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी छ। प्रारम्भिक मतगणनाअनुसार केसीले १०८० मत प्राप्त गरेका छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले पछ्याइरहेका छन्। अहिलेसम्म विष्टकाे मत ६९५ छ।
नेकपा एमालेका हिमेश केसीले ६७२ र माओवादी केन्द्रकी अञ्जना विशंखेले ५९५ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले पनि १६० मत पाएका छन् ।
प्रकाशित मिति: १३:५३ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











