शेखर र लालबाबुकाे क्षेत्र मोरङ ६ मा मतगणना सुरु
त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित मुख्य प्रतिस्पर्धीका रूपमा छन्।
विराटनगर, मंसिर ५ : मोरङ ६ को मतगणना सुरु भएको छ। विराटनगरको आदर्श माध्यमिक विद्यालयमा प्रतिनिधिसभा सदस्यतर्फकाे मतगणना सुरु भएको हो।
त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित मुख्य प्रतिस्पर्धीका रूपमा छन्।
२०७४ सालको चुनावमा पनि उनीहरूबीच मुख्य प्रतिस्पर्धा भउकाे थियाे। त्यतिबेला लालबाबुले शेखरलाई पराजित गरेका थिए। मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन्।
अन्य क्षेत्रको मतगणना पनि सुरु हुन लागेकाे जनाइएकाे छ।
प्रकाशित मिति: १३:४४ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











