Kathmandu Press

मोरङमा मतगणना १ बजेदेखि

मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो।
मोरङमा मतगणना १ बजेदेखि

मोरङ, मंसिर ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ।

मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो।
    
बैठकले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकको मतगणनासँगसँगै गर्ने निर्णय गरेको छ।

Hardik ivf

मतगणनालाई सहज बनाउन उम्मेदवार र एकएकजना दलकाप्रतिनिध मात्र बस्न पाउने निर्णय भएको छ भने भुलबस एकै खाले खसेका ५७ वटा मतपत्र बदर गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

उनले मतगणना निर्वाचन आयोगको निर्देशिका बमोजिम हुने भन्दै मतगणनास्थलमा सुरक्षाको कडा प्रबन्ध मिलाएको बताए।

मोरङको निर्वाचन क्षेत्र नं ४, ५ र ६ को विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि, निर्वाचन क्षेत्र नं १ को उर्लाबारी नगरपालिका भवनमा, २ को रतुवामाई नगरपालिको विश्वनाथ मन्दिरमा र ३ को बेलबारी नगरपालिकाको भगवती माविमा मतगणना हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेकनकास्यप अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्