१५ सय मत गन्दा गगन र राजनबीच कडा टक्कर
सोमबार मध्याह्नसम्म १५ सय मत गणना हुँदा थापाले ६६८ र भट्टराईले ६३३ मत पाएका छन् ।
काठमाडौं, मंसिर ५ : काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
सोमबार मध्याह्नसम्म १५ सय मत गन्दा थापा र भट्टराईबीच कडा टक्कर भएको देखिएको छ । थापाले ६६८ र भट्टराईले ६३३ मत पाएका छन् ।
थापा भट्टराईभन्दा ३५ मतले अगाडि छन् ।
प्रकाशित मिति: १२:३९ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











