तेह्रथुमको छथर मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको मतपत्र उल्टाेपाल्टाे भएपछि त्यहाँ पुनः मतदान गर्न लागेकाे जनाइएकाे छ।तेह्रथुम, मंसिर ५ : तेह्रथुमको छथर मतदान केन्द्रमा भाेलि (मंगलबार) पुनः मतदान हुने भएकाे छ।
छथर गाउँपालिका वडा नम्बर १ काे कार्यालयमा राखिएकाे मतदान केन्द्र (ख) मा प्रत्यक्षतर्फको मतदान रद्द गरी पुनः मतदान गर्न लागिएको हो।
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको मतपत्र उल्टाेपाल्टाे भएपछि त्यहाँ पुनः मतदान गर्न लागेकाे जनाइएकाे छ।
त्यहाँ कर्मचारीले प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको पाइएकाे छ। ४३ जनाले दोहोरो मतदान गरेको पनि देखिएको छ। उक्त केन्द्रमा ४५६ जनाले मतदान गरेका थिए।
जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले छलफल गरेर पुनः मतदान गराउने निर्णय गरेको बताइएकाे छ। कार्यालयले निर्णयसम्बन्धी पत्र निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाइसकेकाे छ।