प्रतिनिधि सभाको पहिलो नतिजा कांग्रेसको पक्षमा, मुस्ताङमा योगश गौचन निर्वाचित
सोमबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार मुस्ताङमा एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसका गौचन निर्वाचित भएका हुन् ।
काठमाडौं, मंसिर ५ : प्रतिनिधि सभा निर्वाचनको पहिलो नजिता नेपाली कांग्रेसको पक्षमा आएको छ । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार मुस्ताङमा एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसका गौचन निर्वाचित भएका हुन् ।
गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् ।
प्रकाशित मिति: ११:४६ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











