ललितपुर –३ मा तोसिमालाई उछिन्दै पम्फा दोस्रो स्थानमा
एमालेका अमृत खड्काकाे अग्रता कायमै
काठमाडौं, मंसिर ५ : ललितपुर निर्वाचन क्षेत्रनम्बर ३ को प्रारम्भिक मतगणनामा कमजोर देखिएकी पम्फा भुसाल प्रतिस्पर्धामा फर्किएकी छिन् ।
त्यहाँ एमाले उम्मेदवार अमृत खड्काले अग्रता लिँदा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल निकटतम प्रतिस्पर्धीको रुपमा देखा परेकी छन् । खड्काले ७८४ मत ल्याउँदा भुसालले ६९४ मत ल्याएकी छन् ।
यसअघि भुसाललाई पछि पारेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की ६७३ मतसहित तेस्रो स्थानमा छिन् ।
प्रकाशित मिति: ११:१२ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











