सप्तरी–२ मा सिके राउतलाई सुरुवाती अग्रता, उपेन्द्र यादव तेस्रो
१०० मत गणना हुँदा राउतले ५१ मत प्राप्त गरेका छन् भने यादवले २१ मत ल्याएका छन्।
काठमाडौं, मंसिर ५ : सप्तरी–२ को प्रारम्भिक मतपरिणामका अनुसार जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता लिएका छन् । १०० मत गणना हुँदा राउतले ५१ मत प्राप्त गरेका छन् ।
त्यहाँ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले २३ मत ल्याएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रारम्भिक चरणमा तेस्रो स्थानमा देखिएका छन् । उनले २१ मत पाएका छन् । उपेन्द्र यादव सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गरी चुनावमा होमिएका थिए । यहाँ उनलाई एमालेले सघाएको छ ।
प्रकाशित मिति: ११:०३ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











