Kathmandu Press

सप्तरी–२ मा सिके राउतलाई सुरुवाती अग्रता, उपेन्द्र यादव तेस्रो 

१०० मत गणना हुँदा राउतले ५१ मत प्राप्त गरेका छन् भने यादवले २१ मत ल्याएका छन्।  
सप्तरी–२ मा सिके राउतलाई सुरुवाती अग्रता, उपेन्द्र यादव तेस्रो 

काठमाडौं, मंसिर ५ :  सप्तरी–२ को प्रारम्भिक मतपरिणामका अनुसार जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता लिएका छन् । १०० मत गणना हुँदा राउतले ५१ मत प्राप्त गरेका छन् । 

त्यहाँ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले २३ मत ल्याएका छन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रारम्भिक चरणमा तेस्रो स्थानमा देखिएका छन् । उनले  २१ मत पाएका छन् । उपेन्द्र यादव सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गरी चुनावमा होमिएका थिए । यहाँ उनलाई एमालेले सघाएको छ । 


 

प्रकाशित मिति: ११:०३ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्