Kathmandu Press

प्रत्यक्ष र समानुपातिकतर्फको मत एकैसाथ गणना हुने

मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो।
प्रत्यक्ष र समानुपातिकतर्फको मत एकैसाथ गणना हुने

काठमाडौं, मंसिर ४ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकतर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ।

मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो।

Hardik ivf

यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना छ।

आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको र मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौं उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरु गर्ने बताए।

दुर्गम स्थानमा मतपेटिका सुरक्षित साथ सङ्कलनका लागि हेलिकोप्टरसमेत प्रयोग गरिनेछ। संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिएको छ।

प्रकाशित मिति: २०:५८ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्