Kathmandu Press

६१ प्रतिशत मत खस्यो, प्रक्षेपण कम मत

‘आज हामीले अपेक्षा गरेभन्दा केही थोरै मत खसेको छ। केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।’
६१ प्रतिशत मत खस्यो, प्रक्षेपण कम मत

काठमाडौं, मंसिर ४ : आज भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ।

निर्वाचन सकिएपछि पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मत खसेको बताएका हुन्।

यो आयोगले गरेको प्रक्षेपण भन्दा कम भएकाे थपलियाले उल्लेख गरे। उनले भने, ‘आज हामीले अपेक्षा गरेभन्दा केही थोरै मत खसेको छ। केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।’

यो २०७४ सालको प्रतिनिधिसभा निर्र्वाचन भन्दा कम मत खसेको हो । २०७४मा ६७.६३ प्रतिशत मत खसेको थियो । यस्तै, गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मत खसेको थियो ।

आयोगमा सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए । उनले सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको बताएका छन्।

 

प्रकाशित मिति: २०:२७ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्