Kathmandu Press

मतपेटिका जलाइएको देबचुलीमा सोमबार नै मतदान

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार स्थगित भएको सो वडामा सोमबार (भोलि) बिहान ७ देखि साँझा ५ बजेसम्म मतदान हुने छ।
मतपेटिका जलाइएको देबचुलीमा सोमबार नै मतदान

नवलपरासी, मंसिर ४ : पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन सोमबार नै हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार स्थगित भएको सो वडामा सोमबार (भोलि) बिहान ७ देखि साँझा ५ बजेसम्म मतदान हुने छ।

Hardik ivf

स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो । निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिए।

गौतमका अनुसार स्थानीय नारायण भण्डारीले प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए। अन्य तीनवटा मतपेटिकामा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोसन (शरीरमा दल्ने औषधी) हालेर आगजनी गरेका थिए।

नौ सय ८० मतदाता रहेको यस निर्वाचन केन्द्रमा सात सय मत खसेको थियो छ । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई करिब दुई किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

प्रकाशित मिति: २०:०८ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्