Kathmandu Press

‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो, सबैलाई धन्यवाद’

संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गरेको पनि उनले उल्लेख गरेका छन्।
‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो, सबैलाई धन्यवाद’

काठमाडाैं, मंसिर ४ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएको बताएका छन् ।

निर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद पनि दिएको कांग्रेसले जारी गरेको प्रेसविज्ञप्तिमा उल्लेख छ।

Hardik ivf

उनले मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन् । संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गरेको पनि उनले उल्लेख गरेका छन्।

आम निर्वाचनमा नेपाली जनताले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको देउवाले बताएका छन्।

‘मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको उल्लेख गर्दै कांग्रेसले  निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास छ।’

निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति उनले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेका छन्।

निर्वाचनमा मतदाताको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नुभएकामा सरकार र राजनीतिक दललाई थप प्रेरणा दिएको कांग्रेसको भनाइ छ । निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पु¥याएको छ ।

निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई पनि उहाँले धन्यवाद दिनुभएको छ । निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति समेत उनले  धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित मिति: २०:०५ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्