मतदानमा फरक दृश्य (तस्बिरहरू)
विभिन्न मतदानस्थल तथा केन्द्रहरूमा पुगेर मतदान गर्नेकाे उत्साहजनक सहभागिता देखियाे। यसैक्रममा केही फरक दृश्य देखिए।काठमाडाैं, मंसिर ४ : संविधानसभाबाट प्राप्त संविधानले गरेको नयाँ व्यवस्थाअनुरूप आज दोस्रो आम निर्वाचन देशभर सम्पन्न भएकाे छ।
विभिन्न मतदानस्थल तथा केन्द्रहरूमा पुगेर मतदान गर्नेकाे उत्साहजनक सहभागिता देखियाे। यसैक्रममा केही फरक दृश्य देखिए।
१. सुनसरीको कोसी गाउँपालिका–२ स्थित कोसी मावि मतदान केन्द्रमा मतदान गर्न आएका अपांगता भएका ज्येष्ठ नागरिक।
२. पूर्वी नवलपरासीको कावासोती–६ विष्णुनगरस्थित जनता माध्यामिक विद्यालय मतदान केन्द्रमा अपांगता भएका व्यक्ति मतदान गरेर घर फर्किंदै।
३. पाल्पा रामपुर नगरपालिका–५ स्थित रामतुलसी माविको मतदान केन्द्रमा मतदान गर्न काखमा बच्चा बोकेर जाँदै गरेकी महिला।
४. रुपन्देही २ मा पर्ने बुटवल उपमहानगर-८ स्थित मतदान केन्द्रमा मतदान गरेर फर्कदै ८८ वर्षीया बालकुमारी श्रेष्ठ।
५. तनहुँको व्यास नगरपालिका–५ चिन्तुटारस्थित शुक्र आधारभूत विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै किरियापुत्री कृष्णबहादुर घर्ती।
६. मोरङको विराटनगर–९ स्थित सरस्वती माविमा मतदान गरेर बाहिरिँदै मुस्लिम युवती।
७. मोरङ पथरी शनिश्चरे–२ की ८१ वर्षीया मीनमाया राई र ९१ वर्षीया नरध्वज राई मतदान गरेर घर फर्किँदै।
८. म्याग्दीको मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि (क) मतदान केन्द्रमा मतदान गर्दै १०७ वर्षीय जसमनी कामी।
९. भाेजपुर नगरपालिका– ८ को सरस्वती आधारभुत विद्यालय पोखरे केन्द्रमा ९४ वर्षीया ललितमाया कार्की पहिलो मतदान गर्दै।
१०. दार्चुला मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर माध्यमिक विद्यालय पस्ती ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै १०५ वर्षीय रघुवर पन्त।
११. कैलाली ५ को वासुदेवी उच्च मावि मतदान केन्द्रमा मतदानका लागि बैसाखीको सहारामा आएकी वृद्धा ७८ वर्षीया कलावती पाण्डेय।
१२. काठमाडौंको वनस्थलीस्थित मतदान केन्द्रमा मतदान गर्न आएकी वृद्धा।
१३. नेपालको आमनिर्वाचनको पर्यवेक्षण गर्न नेपाल आएका जापानका विदेश मामिलासम्बन्धी राज्यमन्त्री शुन्सुके ताकेई काठमाडौंको हनुमानढोकास्थित मतदानस्थलमा मतदान प्रक्रियाबारे जानकारी लिँदै।
१४. पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ की ११५ वर्षीया मनरानी आङदेम्बे मतदान गरेपछि घर फर्कंदै।
१५. सिन्धुपालचोकको मेलम्ची–२ को जाल्पादेवी मतदात केन्द्र जैसीगाउँमा ९४ वर्षका रूद्रनारायण चौलागाईं मतदान गर्दै।
तस्बिरहरु : रासस