Kathmandu Press

मतदानको समय सकियो, ५ बजेभित्र मतदानस्थल प्रवेश गरेकाले भोट हाल्न पाउने 

निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउने जानकारी दिएकाे छ।
मतदानको समय सकियो, ५ बजेभित्र मतदानस्थल प्रवेश गरेकाले भोट हाल्न पाउने 

काठमाडौं, मंसिर ४ : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्धारित समय सकिएको छ  । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो ।

मतदानको समय सकिए पनि ५ बजेभित्र मतदातस्थलमा प्रवेश गरेकाले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ।

Hardik ivf

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ७५ र समानुपातिकतर्फ १ सय १० तथा प्रदेशसभामा सात प्रदेशको ३३० प्रत्यक्ष र २२० समानुपातिकतर्फ सांसद छान्नका लागि एकै चरणमा मतदाता भएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २४ सय १२ उम्मेदवार रहेका छन् । त्यसैगरी समानुपातिकर्तफ २१ सय ९९ उम्मेदवार रहेका छन् । 

त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३३ सय २४ र समानुपातिकतर्फ ३७ सय ८ उम्मेदवार रहेका छन् । १ करोड ७९ लाख ८८ जहार ५ सय ७० मतदाता रहेका थिए।

निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउने जानकारी दिएकाे छ।

 

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्