Kathmandu Press

दक्षिण सुडानको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चासो

दक्षिण सुडानको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चासो

जुबा, मंसिर ४ : दक्षिण सुडानमा जारी रहेको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको अपर नाइल राज्यमा सुरु भएको पछिल्लो हिंसा निकै चिन्ताजनक रहेको भन्दै त्यसप्रति चासो व्यक्त गरेको हो ।

अपर नाइलको फासोदा जिल्लामा यहाँका सिलक सशस्त्र समूह र नुइर विद्रोही समूहका बीचमा केही दिन यतादेखि हिंसा सुरु भएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घले सो हिंसाका कारण यस क्षेत्रको वरपरका नगरहरुमा पनि असर गरेको त्यहाँका नागरिकहरु घर छोडेर भाग्ने क्रम बढ्दै गएकाले सो हिंसा रोक्न सबै पक्षका आवश्यक सहयोग र समन्वयको अपेक्षा गरिएको जनाएको छ ।

Hardik ivf

गएको अगष्ट महिनामा यहाँका स्थानीय कैयौँ हिंसात्मक समूहहरुका कारण ठूलो सङ्ख्याका मानिसहरु पनि विस्थापित हुन पुगेका भन्दै यसबाट यहाँका नागरिकमा त्रास बढेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सो हिंसामा परेर यहाँका सयौँ मानिस मारिएका छन् भने हजारौँ जना विस्थापित भएका छन् । विस्थापित व्यक्तिहरुको बसोबासको अवस्था नरहेको र उनीहरु देशभित्रै शरणार्थी बनिरहेकाले हिंसा रोक्नेतर्फ पहल हुनुपर्ने बताएको छ ।

दक्षिण सुडानी सुरक्षा निकायहरुले यहाँको हिंसा रोक्ने प्रयत्न गरेका भए पनि धेरै युवाहरुको संलग्नता विद्रोही समूहहरुमा रहेका र उनीहरुले निकै क्रुर हिंसामा संलग्न हुदै गएकाले समस्या उत्पन्न भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

दक्षिणी सुडानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले यहाँको हिंसाको अन्त्यका लागि सबैसँग आग्रह गरेको हो । ती विद्रोही समूहहरुलाई हिंसात्मक आक्रमणको काम तत्कालै रोकेर शान्तिपूर्ण वार्ताका माध्यमबाट सबै समस्याको समाधान गर्न आग्रह गरेको हो। 

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्