सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छ : अध्यक्ष यादव
उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे। दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो।विराटनगर, मंसिर ४ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन्।
उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे। दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो।
विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको राजनीतिक उतारचढावबाट नै लोकतन्त्र परिपक्व र संस्थागत हुने बताए।
अध्यक्ष यादवले नेपालीको भविष्य राम्रो रहेकामा आफू आशावादी रहेको पनि स्पष्ट गरे।
प्रकाशित मिति: १६:३५ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९