Kathmandu Press

बाजुराको स्वामिकार्तिक खापरमा मतपेटिका जलेपछि मतदान स्थगित

त्यहाँ प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ।
बाजुराको स्वामिकार्तिक खापरमा मतपेटिका जलेपछि मतदान स्थगित

बाजुरा, मंसिर ४ : बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।

त्यहाँ प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ।

मतपेटिका नै जलेपछि त्यहाँको मतदान स्थगित भएको छ। मतपेटिकामा कसले आगो लगायो भन्ने जानकारी हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो।

प्रकाशित मिति: १६:१२ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्