दार्चुलाको शैल्यशिखर बगौरा मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर
मत हाल्न पुगेका एक मतदाताको मत पहिल्यै अरुले हालेको पाइएपछि सुरु भएको सामान्य विवादले उग्र रूप लिएपछि हवाई फायरको स्थिति आएको हो।
दार्चुला, मंसिर ४ : दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर भएपछि मतदान रोकिएको छ।
मत हाल्न पुगेका एक मतदाताको मत पहिल्यै अरुले हालेको पाइएपछि सुरु भएको सामान्य विवादले उग्र रूप लिएपछि हवाई फायरको स्थिति आएको हो।
विवादलाई सामान्य बनाउन प्रहरीले सम्झाउने क्रममा एक महिलाको टाउकोमा लट्ठी लागेपछि आक्रोशित स्थानीय बासिन्दाले ढुंगामुढा गरेका थिए।
त्यसपछि स्थिसतलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ। पुनः मतदान सञ्चालन गर्न सम्बन्धित सबै पक्षबी आवश्यक छलफल र पहल भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:१६ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











