सामान्य विवादमा कारण निर्वाचन स्थगित नगर्न आयोगको निर्देशन
आयोगले रोकिएको स्थानतहरुमा तत्काल मतदान सुचारु गर्न र साँझ ५ बजेसम्म निर्वाचन स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो ।
काठमाडौं, मंसिर ४ : निर्वाचन आयोगले सामान्य विवादका कारण निर्वाचन स्थगित नगर्न निर्देशन दिएको छ ।
विभिन्न जिल्लाका केही मतदान केन्द्रहरुमा राजनीतिक दलका विवाद र अन्य सामान्य घटनाका कारण निर्वाचन रोकिएपछि आयोगले यस्तो निर्देशन गरेको हो ।
आयोगले रोकिएको स्थानतहरुमा तत्काल मतदान सुचारु गर्न र साँझ ५ बजेसम्म निर्वाचन स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो ।
मतदान स्थगित गर्नैपरे निर्वाचन आयोगको पूर्वसहमति लिन पनि आयोगले निर्देशन दिएको छ।
प्रकाशित मिति: १३:१७ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











