तुलसीपुरमा भोट हालेर घर गएकालाई फेरि बोलाएर मतदान सुरु गरिने
मतदान केन्द्रका कर्मचारीले सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै पठाइएको थापा पाएपछि मतदान स्थगित भएको थियो ।
काठमाडौं, मंसिर ४ : दाङको तुलसीपुरमा रोकिएको मतदान फेरि सुरुवातबाटै मतदान हुने भएको छ ।
आइतबार बिहान तुलसीपुर–१० को पातुबनगाउँको मतदान केन्द्रमा कर्मचारीको गल्तीका कारण स्थगित भएको मतदान पुनः सुरुदेखि नै हुने भएको हो ।
मतदान केन्द्रका कर्मचारीले सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै पठाइएको थापा पाएपछि मतदान स्थगित भएको थियो ।
गल्ती थाहा पाउने बेलासम्म ४२ जनाले मतदान गरिसकेको बताइएको छ । छलफलपश्चात पुनः मतदान सुरु गर्ने सहमति भएको हो ।
भोट हालेर घर गएकाहरुलाई फेरि बोलाएर मतदान सुरु गरिने मतदान अधिकृत पुष्पलता घर्तीले जानकारी दिइन् । उनका अनुसार मतदान दिउँसो १ बजे सुरु हुने छ ।
प्रकाशित मिति: १२:५१ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











