Kathmandu Press

झापामा सिटौला, शर्मा र लिङ्देनद्वारा मतदान

आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन्। सोही क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।
झापामा सिटौला, शर्मा र लिङ्देनद्वारा मतदान

झापा, मंसिर ४ : आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत झापामा उत्साहजनक रुपमा मतदान भइरहेको छ।

आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन्। सोही क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।

Hardik ivf

नेता सिटौलाले बिहान ७ः२० बजे भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान गर्नुभयो। झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उहाँले झापा क्षेत्र नं १ मा मतदान गरेका हुन्।

त्यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेको छ। झापा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार उनले बिहान ९ः०७ बजे मतदान गरेका हुन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गरेका छन्। झापा ३ का उम्मेदवार लिङ्देनले साइत हेरेर ११ः३० बजे मतदान गरेका हुन्।

झापा जिल्लामा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा सदस्यका लागि ६ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्दैछन्।

जसमा तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र अन्य आठ जना मतदाता छन्। जिल्लामा २ सय ८५ वटा मतदानस्थल रसात सय ६८ मतदान केन्द्र छन्।

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्