गुलरियाको खैरापुर मतदान केन्द्रनजिक बम विस्फोट
बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मतदान केन्द्रनजिक सुतली बम विस्फोट भएपछि केहीबेर रोकिएको मतदान पुनः सुचारु भइसकेको जानकारी दिए ।काठमाडौं, मंसिर ४ : बर्दियाको गुलरियास्थित एक मतदानस्थल नजिक बम विस्फोट भएको छ ।
आइतबार बिहान गुलरिया नगरपालिका–१ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रनजिक बम विस्फोट भएको हो । बम विस्फोटपछि केहीबेर मतदान रोकिएको थियो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मतदान केन्द्रनजिक सुतली बम विस्फोट भएपछि केहीबेर रोकिएको मतदान पुनः सुचारु भइसकेको जानकारी दिए । ‘ मतदानस्थलबाट केही पर सुतली बम विस्फोट गराइएको रहेछ , अहिले मतदान सुरु भइसकेको छ,’ उनले भने।
बम विस्फोटमा संलग्नहरुको खोजी भइरहेको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: ११:१६ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९