रौतहटका दुई मतदान केन्द्रमा हवाई फायर
जिल्लाको गुजरा नगरपालिकास्थित कनकपुर मावि मतदान केन्द्र र गरुडा नगरपालिकाको अमरपट्टि प्रावि भवनको मतदान केन्द्रमा प्रहरीले एकएक राउण्ड हवाई फायर गरेको हो ।काठमाडौं, मंसिर ४ : रौतहटको दुई मतदानस्थलमा प्रहरीले हवाई फायर गरेको छ ।
जिल्लाको गुजरा नगरपालिकास्थित कनकपुर मावि मतदान केन्द्र र गरुडा नगरपालिकाको अमरपट्टि प्रावि भवनको मतदान केन्द्रमा प्रहरीले एकएक राउण्ड हवाई फायर गरेको हो ।
मतदानस्थल बाहिर विभिन्न राजनीतिक दलका समर्थकले हो–हल्ला भएपछि मतदान प्रभावित हुन नदिन प्रहरीले हवाई फायर गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए।
हवाईफायरपछि होहल्ला गर्नेहरु तितरबितर भएको र अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताइएको छ ।
प्रकाशित मिति: १०:३१ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९