विप्लव माओवादीले निर्वाचन बिथोल्न खोजेपछि हवाई फायर

काठमाडौं, मंसिर ४ : चितवनको ब्रम्हस्थानी आधारभुत विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।विप्लव नेतृत्वको नेकपा माओवादीले निर्वाचन बिथोल्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितका अनुसार बिहान १५÷२० जनाको एक समूहले निर्वाचन बिथोल्ने प्रयास गरेपछि हवाई फायर गरिएको जानकारी दिए।
प्रहरीले हवाई फायर गरेपछि समूहमा आएकाहरु भागेको डीएसपी पंडितले बताए। उनीहरुको खोजी भइरहेको उनले जानकारी दिए ।
अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको पनि डीएसपी पंडितले जानकारी दिए ।
प्रकाशित मिति: ०९:५४ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











