Kathmandu Press

बेलुका ९ बजेदेखि मतगणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

आज बेलुकी ५ बजे मतदान सकिने बित्तिकै सबै मतपेटिकाहरू सङ्कलनको काम सुरु हुने र ७ बजेसम्म मतपेटिका सङ्कलन गरी एक घण्टा छलफलको समय राखेर  आज राति ९ बजेदेखि मतगणना सुरु गरिने बताए ।
बेलुका ९ बजेदेखि मतगणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, मंसिर ४ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरूमा आज राति ९ बजेदेखि मतगणना सुरु गरिने बताएका छन् ।

भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् । आज बेलुकी ५ बजे मतदान सकिने बित्तिकै सबै मतपेटिकाहरू सङ्कलनको काम सुरु हुने र ७ बजेसम्म मतपेटिका सङ्कलन गरी एक घण्टा छलफलको समय राखेर  आज राति ९ बजेदेखि मतगणना सुरु गरिने बताए ।

Hardik ivf

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आज आइतबार बिहान ७ बजेदेखि देशभर एकै चरणमा मतदान सुरु भएको छ । हिमाली जिल्लामा भने आजै मतपेटिका सङ्कलनको काम नसकिने भन्दै भोलि सोमबार बिहान ५ बजेसम्म सबै मतपेटिका जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका सङ्कलन गरी भोलि ५ बजेबाट मतगणना सुरु गर्ने जानकारी दिए ।

प्रत्यक्षतर्फको नतिजा आउँदो ८ दिन भित्रमा प्रकाशित गरिसक्ने उनले दाबी छ । मङ्सिर २२ गते भित्रमा सबै नतिजा आइसक्ने उनको भनाइ छ । 

प्रकाशित मिति: ०८:५७ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्