Kathmandu Press

लोकतन्त्रको प्राणवायु आम निर्वाचन सफल पारौं 

आशा गरौं, आम निर्वाचनले चुनेको नयाँ नेतृत्वले सुशासन कायम गरी, सर्वसाधारणका लागि छिटोछरितो र चुस्तदुरुस्त सेवा दिई, रोकिएका विकास निर्माणका काममा तदारुकताका साथ अघि बढाई, विनियोजित बजेटको सही सदुपयोग गरी तेज रफ्तारमा मुलुकलाई प्रगतिपथमा लानेछ । 
लोकतन्त्रको प्राणवायु आम निर्वाचन सफल पारौं 

व्यग्र प्रतीक्षा र उत्सुकताबीच आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको महायज्ञ सम्पन्न हुँदैछ । आम निर्वाचनको सुनिश्चितताले तोकिएको समयमा निर्वाचन हुँदैन कि भन्ने शंका–उपशंका स्वतः मेटिएका छन् । स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै उपाय अवलम्बन गरिएको भन्दै सरकारले सबैलाई आश्वस्त पारिसकेको छ । सबै दलको सहमतिमा निर्वाचन घोषणा भएसँगै आवश्यक तयारीका लागि नेपाल सरकार युद्धस्तरमा लागिपरेका कारण निर्वाचनको महायज्ञ सम्पन्न हुने चरणमा पुगेको छ । 

लोकतन्त्रको जग भनेकै निर्वाचन हो । यो निर्वाचनले लोकतन्त्रलाई मजबुत पार्दै मुलुकको विकासको गतिलाई अघि बढाउनेछ । भोलिका दिनमा निर्वाचित जनप्रतिनिधिले जनताको मन जितेर विकास र समृद्धिको ढोका खोल्न मरिमेट्नुपर्नेछ । निर्वाचनमार्फत हुने समान सहभागिताले अवश्य पनि राष्ट्र र राष्ट्रिय एकता थप बलियो भएर जानेछ । निश्चय नै निर्वाचनपछि मुलुकको अवस्थाले निर्णायक मोड लिनेछ । 

Hardik ivf

आशा गरौं, आम निर्वाचनले चुनेको नयाँ नेतृत्वले सुशासन कायम गरी, सर्वसाधारणका लागि छिटोछरितो र चुस्तदुरुस्त सेवा दिई, रोकिएका विकास निर्माणका काममा तदारुकताका साथ अघि बढाई, विनियोजित बजेटको सही सदुपयोग गरी तेज रफ्तारमा मुलुकलाई प्रगतिपथमा लानेछ । 

नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनबाटै निर्वाचन सम्पन्न हुनु इतिहासमा सुनौलो परिघटनाका रूपमा अंकित हुनेछ । जनप्रतिनिधिले नै कानुन, नीति निर्माण, मौलिक हकको रक्षासँगै सन्तुलित रूपमा मुलुकको समृद्धिको खाका कोर्ने हुँदा निर्वाचनको भिन्नै महत्व छ ।

यसकारण मतदानमा उम्मेदवार चयन गर्दा होसियारीपूर्वक विवेकको प्रयोग गर्नुपर्ने आवश्यकता छ । आम निर्वाचन वैयक्तिक विकाससँग पनि जोडिएको विषय हो । अबको नेतृत्वले विकास निर्माणको काम मात्र होइन, आफ्ना पिरमर्कामा ‘फ्रन्ट लाइन’मा रहेर प्रत्यक्ष सहयोग कसले गर्न सक्छ भनेर घोत्लिँदै सही निर्णय लिन सक्नुपर्छ । 

चुनावमार्फत शान्ति, स्थिरता र अमनचैन कायम हुँदा अन्ततः लोकतन्त्रले फल्नेफुल्ने मौका पाउने निश्चित छ । जसका कारण प्रतिगमनकारी शक्ति र निरंकुशता यसै निरुत्साहित हुनेछ । निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पारी अवसरमा बदल्ने दायित्व हामी सबैको हो । मुलुकको भाग्य र भविष्य बनाउने जिम्मा अब विवेकशील मतदाताको हातमा छ । मुलुकको भविष्य उज्ज्वल राख्न आम निर्वाचनको महान् कार्यलाई मन, वचन र कर्मले पूर्णता दिने प्रण गरौं । 

प्रकाशित मिति: ०७:३७ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्