अफगानिस्तानको मानवीय अवस्थाप्रति भारतको चिन्ता
न्युयोर्क, मंसिर ३ : अफगानिस्तानको अहिलेको मानवीय अवस्थालाई लिएर भारतले चिन्ता व्यक्त गरेको छ। साथै उसले लामो युद्धबाट प्रताडित देशका जनतालाई मद्दत गर्ने आफ्नो अटल प्रतिबद्धता पुनः दोहोर्याएको छ।
अफगानिस्तानमा बढ्दै गएको मानवीय अवस्थाप्रति भारत गम्भीर रुपमा चिन्तित भएको तथा त्यहाँका जनताको मानवीय आवश्यकता र सहायता परिपूर्तिका निम्ति संयुक्त राष्ट्रसङ्ले गरेको अपीलको प्रत्युत्तरमा आफ्नो देशले मानवीय सहायताका धेरै सामग्री उपलव्ध गराएको राष्ट्रसङ्घका लागि यहाँस्थित भारतको स्थायी नियोगका काउन्सिलर मधु सुदनले बताएका छन्।
सुरक्षा परिषद्को एक बैठकमा अफगानिस्तानको निकट छिमेकी भारतले लामो समयदेखिको साझेदार उसको परिस्थितिलाई ध्यान दिँदै देशमा शान्ति र स्थायित्व सुनिश्चित गर्न निरन्तर सहयोग गरिरहेको काउन्सिलर सुदनले अर्बौँ लगानीका परियोजना र कार्यक्रम कार्यान्वयन गरेको बताए।
तालिबानले सत्ता कब्जा गर्नु अघि पनि अफगानिस्तानको विकास, पुनर्निर्माण र जनताको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ उसलाई आत्मनिर्भर राष्ट्र बनाउने उद्देश्यले विकास साझेदार भएर भारतले सघाइरहेको जानकारी दिए।