Kathmandu Press

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा : नेपाल प्रहरी

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी सहित १ लाख ८६ हजार ६ सय ९३ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए।
निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा : नेपाल प्रहरी

काठमाडाैं, मंसिर ३ : नेपाल प्रहरीले आइतबार हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भइसकेको जनाएको छ।

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी सहित १ लाख ८६ हजार ६ सय ९३ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए।

शनिबार हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै प्रवक्ता राइले निर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने बताए।

मतदानस्थलमा ढुंगामुढा गर्ने, मतदान कार्यक्रमलाई स्थगित गर्ने, मतपेटिकालाई तोडफोड गर्ने, लिएर भाग्ने लगाएतका गतिविधि गर्ने विरुद्ध प्रहरीले आवश्यक बल प्रयोग गर्ने र आवश्यक परे गोलि समेत हान्न सक्ने आदेश जारी भएको उनले जानकारी दिए।

प्रवक्ता राईले निर्वाचन बिरोधी गतिविधि गर्ने ३१ समूहहरु पहिचान भइसकेकाले निगरानी राखिएको र केहिलाई पक्राउ गरि मुद्धा चलाइएको बताए।

उनले निर्वाचनका लागि सादा पोशाकका प्रहरी परिचालनका साथै रिर्जभ टोली राखिएको जानकारी दिए। 

प्रकाशित मिति: १७:१९ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्