फेक न्युजबाट सजग रहन प्रेस काउन्सिलको आग्रह
सञ्चार माध्यमको नाम दुरुपयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा सामाजकि सञ्जालमा अफवाहपूर्ण दुष्प्रचार भएको भन्दै आपत्ति जनाएको छ।काठमाडौं, मंसिर ३ : काठमाडौं, मंसिर ३ प्रेस काउन्सिल नेपालले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त फेक न्युजबाट सजग रहन आग्रह गरेको छ। आज (शनिबार) एक विज्ञप्ति जारी गरेर काउन्सिलले सामाजिक सन्जालबाट दुष्प्रचारयुक्त अफवाहपूर्ण सामग्री सम्प्रेषण भए विद्युतीय अपराध सम्बन्धी कानुन आकर्षित हुने भन्दै सम्बन्धित निकायलाई सचेत गराएको छ।
आइतवार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मौन अवधिको दोस्रो दिन शनबिार केही सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएको भन्दै प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो फेक न्युज भनी जवाफ प्राप्त भएको बताएको र कतिपय मिडियाले आफ्नो सामाजिक सन्जालबाट त्यसबारे प्रष्ट्याइसकेको काउन्सिलले जनाएको छ।
‘निर्वाचनलाई स्वच्छ स्वतन्त्र, मयादित, निष्पक्ष एवं भवरातिद्गबाट सम्पन्न हुने वातावरण मी सबैको जिम्मेवारी हो । यस सवेदनशील घडीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कुनै पनि माध्यमबाट दुष्प्रचार मिया सूचना भ्रामक टिकाटिप्पणी नगर्न तथा सामाजिक सालवाट समेत पोष्ट सेयर, कमेन्ट नगर्न नगराउनतर्फ प्रेस काउन्सिल नेपाल सम्पूर्ण सञ्चारमाध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ काउन्सिलका सूचना अधकिारी रामशरण बोहराद्वारा हस्ताक्षरित विज्ञिप्तमा भनिएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष एवं भयरहितढङ्गबाट सम्पन्न हुने वातावरण बनाउनु हामी सबैको जिम्मेवारी भएको पनि विज्ञप्तिमा बताइएको छ। ‘यस संवेदनशील घडीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कुनै पनि माध्यमबाट दुष्प्रचारयुक्त मिथ्या सूचना भ्रामक टीकाटिप्पणी नगर्न तथा सामाजिक सन्जालबाट समेत पोष्ट, सेयर, कमेन्ट नगर्नरनगराउनतर्फ प्रेस काउन्सिल नेपाल सम्पूर्ण सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ।