Kathmandu Press

ब्राजिलका नवनिर्वाचित राष्ट्रपतिद्वारा ब्राजिल-पोर्चुगल घनिष्ठ सम्बन्धका लागि आह्वान

'पोर्चुगल ऐतिहासिक साझेदार हो र हामीले धेरै घनिष्ठ सम्बन्ध राख्न सिक्नुपर्छ', लुलाले पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भेटवार्ता पछि पत्रकार समक्ष सो धारणा राखेका हुन्। 
ब्राजिलका नवनिर्वाचित राष्ट्रपतिद्वारा ब्राजिल-पोर्चुगल घनिष्ठ सम्बन्धका लागि आह्वान

लिस्बन, मंसिर ३ : भ्रमणरत ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले शुक्रबार ब्राजिल र पोर्चुगलबीच घनिष्ठ सम्बन्ध हुनुपर्ने बताएका छन्।

'पोर्चुगल ऐतिहासिक साझेदार हो र हामीले धेरै घनिष्ठ सम्बन्ध राख्न सिक्नुपर्छ', लुलाले पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भेटवार्ता पछि पत्रकार समक्ष सो धारणा राखेका हुन्। 

सन् २०२३ जनवरी १ मा तेस्रो पटक पदभार ग्रहण गर्दै गर्नुभएका लुलाले आफ्नो सरकारले अमेजन वर्षावनको संरक्षणसहित जलवायु समस्यामा बढी ध्यान  केन्द्रित गर्ने बताएका छन्। 

उनी इजिप्टको तटीय शहर शर्म अल–शेखमा रहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनबाट शुक्रबार लिस्बन पुगेका हुन्। 

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, मंसिर ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्