Kathmandu Press

इयुद्वारा  कोप २७ मा 'अस्वीकार्य' उत्सर्जन प्रस्ताव अस्वीकार

फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त र केवल महत्वाकांक्षी मात्र रहेको बताएको छ। 
इयुद्वारा  कोप २७ मा 'अस्वीकार्य' उत्सर्जन प्रस्ताव अस्वीकार

सर्म अल सेख, मंसिर ३ : युरोपेली संघले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि  कोप २७ आयोजक देश इजिप्टको प्रस्तावलाई 'अस्वीकार्य' भनी अस्वीकार गरेको  गरेको छ।

फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त र केवल महत्वाकांक्षी मात्र रहेको बताएको छ। 

'यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ,' फ्रान्सेली ऊर्जा संक्रमण मन्त्रालयका अधिकारीले गत वर्षको कोप(२७ को नतिजालाई उल्लेख गर्दै एएफपीलाई  बताएका  छन्।

उनले भनेका छन्, 'यो फ्रान्स र युरोपेली संघ देशहरूका लागि अस्वीकार्य छ।'

प्रकाशित मिति: १५:२४ बजे, शनिबार, मंसिर ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्