Kathmandu Press

कञ्चनपुरका सबै मतदान केन्द्र लैंगिक समावेशी र अपांगमैत्री

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा रहेका तीन सय ४६ मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको हो। 
कञ्चनपुरका सबै मतदान केन्द्र लैंगिक समावेशी र अपांगमैत्री

कञ्चनपुर, मंसिर ३ : आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको छ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा रहेका तीन सय ४६ मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको हो। 

Hardik ivf

'निर्वाचन आयोगको निर्देशनअनुसार सुत्केरी, गर्भवती, किरियायुत्री, (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) ज्येष्ठ नागरिक, बिरामी र अपाङ्गगता भएका व्यक्तिलाई मतदान गर्न सहज हुने गरी मतदान केन्द्र बनाइएका छौँ', उनले भने, 'यस्ता मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था गरिएको छ।'

निर्वाचन क्षेत्र नं १ मा एक सय १९, निर्वाचन क्षेत्र नं २ मा एक सय १८ र निर्वाचन क्षेत्र नं ३ मा एक सय नौ मतदान केन्द्र रहेका छन्। निर्वाचनका लागि तीन सय ४६ मतदान केन्द्रमा दुई हजार सात सय ५० जना कर्मचारीलाई खटाइएको छ। निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी निर्वाचन केन्द्रमा पुगिसकेका छन्। निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी सामग्री उपलब्ध गराई केन्द्रमा खटाइएको हो।

'निर्वाचनसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ', कार्यालय प्रमुख जोशीले भने, 'निर्वाचनका लागि बुथ निर्माण गर्ने कार्यमा सुरक्षाकर्मी र कर्मचारी जुटेका छन्।' उनका अनुसार जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन्। जिल्ला कारागार कञ्चनपुरमा एक र भीमदत्त नगरपालिका कार्यालयमा एक गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको हो। 

कारागारमा राखिएको अस्थायी मतदान केन्द्रमा ३३ जना कैदीबन्दीले समानुपातिकतर्फको मतदान गर्न पाउनेछन्। भीमदत्त नगरपालिका कार्यालयमा राखिएको मतदान केन्द्रमा कर्मचारीले मतदान गर्न पाउने छन्। 

यसैबीच, निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मङ्सिर १ देखि ४ गते राति १२ बजेसम्म जिल्लाभर तथा मतदानस्थल र सोको वरिपरि तीन सय मिटर क्षेत्रसम्म निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि कुनै पनि प्रकारको मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवन गर्न निषेध गरेको छ।

निर्वाचनलाई दृष्टिगत गरी अनुमतिबाहेकका कुनै पनि निजी तथा सार्वजनिक सवारी साधनहरु मङ्सिर ४ गते बिहान ४ देखि साँझ ७ बजेसम्म सञ्चालमा रोक लगाइएको छ।

प्रकाशित मिति: १४:५८ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्