Kathmandu Press

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवा भेदभावको सिकार : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दे सो कुरा जनाएको छ।
दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवा भेदभावको सिकार : राष्ट्रसंघ

प्रिटोरिया, मंसिर ३ :  दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि  काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा  समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन्।

संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको छ। उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका कारण भेदभाव हुने गरेको  प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको  केही अगाडिमात्र  जारी गरिएको हो। प्रतिवेदनका अनुसार करिब ८० प्रतिशत युवा उत्तरदाताहरूले भेदभावले उनीहरूको जीवन प्रगतिमा असर गरेको महसुस गरेका छन्।

बालबालिका विरुद्धको हिंसाको स्तर र दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने  युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले  बताएका छन्।

'बालबालिका विरुद्ध हुने भेदभाव विरुद्ध हामी सबैले लड्नुपर्छ,' उनले भनिन्। 'विश्व बाल दिवस हरेक बालबालिकाको अधिकारको लागि हाम्रो आह्वानलाई बलियो बनाउने क्षण हो,' उनले जोड दिइन्।

प्रकाशित मिति: १२:३५ बजे, शनिबार, मंसिर ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्