Kathmandu Press

ह्यारिसले जापान, दक्षिण कोरियालगायत पाँच नेतालाई भेट्ने

ह्यारिसले जापान, दक्षिण कोरियालगायत पाँच नेतालाई भेट्ने

बैंकक, मंसिर २ : उत्तर कोरियाले एक संदिग्ध अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्ञ प्रहार गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् ।

बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ । 

ह्वाइट हाउसका अधिकारीले उत्तरको आधिकारिक नाम, डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ प्रयोग गर्दै, ह्वाइट हाउसका अधिकारीले बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै, ह्यारिसले पाँच नेताहरूलाई सम्मेलन भेट्वार्ता गर्ने बताइएको छ। 

बैठकमा जापानका फुमियो किशिदा, दक्षिण कोरियाका हान डक–सू, अष्ट्रेलियाका एन्थोनी अल्बानीज, न्युजिल्याण्डका जसिन्डा आर्डर्न र क्यानडाका जस्टिन ट्रुडो सहभागी हुनुहुने जनाइएको छ  ।

जापानले उक्त क्षेप्यास्त्र आफ्नो पानीमा खसेको र अमेरिकाको मुख्य भूमिमा मार हान्न सक्ने क्षमता रहेको बताएको छ ।  उत्तर कोरियासँगको हप्तौंको बढ्दो तनावपछि पुनः सातौं आणविक परीक्षणको तयारी गरिरहेको अमेरिकी गुप्तचरहरूले विश्वास गरेका छन् ।

ह्वाइट हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारलाई संयुक्त राष्ट्रसुरक्षा परिषद्का धेरै प्रस्तावहरूको निर्लज्ज उल्लङ्घन गरेको जनाएको छ । यस प्रहारले अनावश्क रुपमा तनाव बढाउने बताएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार कम्बोडियामा दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनको क्रममा जापानका फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलसँग गरेको र उत्तर कोरियाले आणविक परीक्षणविरूद्ध संयुक्त चेतावनी जारी गरिएको थियो। 

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, मंसिर २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्