Kathmandu Press

गाजामा भीषण आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु

साे घटनामा परी अन्य ३० भन्दा बढी घाइते भएका सुरक्षा र चिकित्सा स्रोतहरुले बताएका छन्।
गाजामा भीषण आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु

गाजा, मंसिर २ : उत्तरी गाजा पट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ।

साे घटनामा परी अन्य ३० भन्दा बढी घाइते भएका सुरक्षा र चिकित्सा स्रोतहरुले बताएका छन्। जबलिया शरणार्थी शिविरको ताल–जातर क्षेत्रमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको इन्डोनेसियाली अस्पतालका निर्देशक सलाह अबु लैलाले जानकारी दिएका छन्। 

प्यालेस्टिनी सिभिल डिफेन्सले एक विज्ञप्तिमा उद्धार टोली र धेरै सुरक्षाकर्मी घटनास्थलमा पठाएको घोषणा गरेको छ। प्यालेस्टिनी प्रत्यक्षदर्शीहरुले आगो नियन्त्रण गर्न एम्बुलेन्स र सिभिल डिफेन्सका कर्मचारीहरूले घण्टौसम्म काम गरिसकेको बताएका छन्। 

प्रारम्भिक अनुसन्धानले भवनभित्र ठूलो मात्रामा भण्डारण गरिएको इन्धनका कारण आगलागी भएको हुनसक्ने संकेत गरेको गाजाको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, मंसिर २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्